६ घण्टा नियन्त्रणमा लियर ६ जना द्वारा दाङमा किशोरीमाथि सामूहिक बलात्कार
दाङ,असार - दाङको तुलसीपुरमा गएराति एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।बास बस्नका लागि तुलसीपुर बसपार्कस्थित न्यू राप्ती गेष्ट हाउसमा आएकी रुकुमकी एक युवतीलाई ६ जना युवाले अपहरण गरी मंगलवार राति बलात्कार गरी ६ घण्टापछि छाडिदिएका छन् ।
होटलको माथिल्लो तलामा बसेकी युवतीलाई मादक पदार्थसहित खाना खादै गरेका ६ जना युवाले राति ११ बजे लछारपछार गर्दै मुखमा रुमाल बाधेर बसपार्कदेखि दक्षिण पश्चिमतर्फ दुइ कि.मी.टाढा टिकरी भन्ने स्थानमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । ती युवती मंगलवार साझ ५ बजे तुलसीपुर आएकी थिइन् ।
टिभीको आवाज ठूलो बनाएर खाना खाइरहेका ६ जनालाई उनले टिभीको आवाज घटाउन अनुरोध गरेलगत्तै कुटपिट शुरु भएको होटल सञ्चालक सुशीला बस्नेतले बताइन् । उनीहरुले युवतीलाई लछारपछार गर्दै मुखमा रुमाल बाधेर लगेका थिए। सुशीलाले अगाडि भनिन्; बेहोशजस्तै भएका हामीले प्रहरीलाईसम्म खबर दिन सकेनौं ।
प्रहरीले अपहरणको खबर पाएपछि खोजी कार्य तीब्र बनाएको बताइएको छ । प्रहरीले होटल सञ्चालक केवल बस्नेतलाई पक्राउ गरी बयानका आधारमा रातभरि खोजी कार्य अगाडि बढाएको थियो ।
बिहान ४:३० बजे अपहृत युवती होटलको सर्म्पर्कमा आएपछि बयानका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले एक प्रहरी नायव निरीक्षकको संयोजकत्वमा टोली गठन गरेर बलात्कारीहरुको खोजी कार्य अगाडि बढाएको छ । प्रहरीले सिभिल र पोशाकमा टोली खटाएको बताएको छ ।
प्रहरीले बलात्कारीहरुको पहिचान भइसकेको दावी गरेकै बेला पीडित युवतीले ६ जनाविरुद्ध किटानी जाहेरी दिएकी छन् । उनीहरुको नाम भने प्रहरीले अभियुक्तहरु फरार हुनसक्ने आशंकामा गोप्य राखेको छ । सो घटना हुनुमा राजनीतिक दबाबमा केही दिन अगाडि गरिएको आफ्नो सरुवा नै मुख्य कारण भएको प्रहरी निरीक्षक प्रकाश सापकोटाको दावी छ ।
र्सार्वजनिक अपराध ऐनअर्न्तर्गत मुद्दा लागेकाहरुलाई पक्राउ गरी कारवाही गर्न खोज्दा आफूलाई सरुवा गरेपछि अपराधीहरुको मनोबल बढेर अहिलेको घटना भएको प्रहरी निरीक्षक सापकोटाको बुझाइ छ । चार महिना नपुग्दै सरुवा भएपछि शान्ति कसरी सुदृढ हुन्छ उहाको प्रश्न थियो । ती युवती अहिले मानसिकरुपमा असन्तुलित भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।
कारवाही गर्नुपर्छ: होटल समिति
यसैबीच होटलमा आउने ग्राहकलाई सुरक्षा दिन नसक्नु होटल सञ्चालकको कमजोरी भएको तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष लक्ष्मीप्रसाद वलीले बताउनुभयो । होटल सञ्चालकले गल्ती गरेका कारण कारवाही गर्नुपर्ने वलीको दावी छ ।
होटलको संख्या ५ सय पुगिसके पनि ८/१० दिन बिराएर किनबेच हुने गरेका कारण यो समस्या आएको उहाको बुझाइ छ । उता होटल सञ्चालक बस्नेतले भने कसैलाई नचिनेपछि ग्राहकको सुरक्षा गर्न नसकेको बताए । सल्यान बाझकाडा-१ मोख्ला निवासी बस्नेत परिवारले पहिलोपटक होटल गरेका कारण अलमलमा परेको बताएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरले बलात्कार भएको पुष्टि गरेको छ । सो रिपोर्ट आएपछि प्रहरीले अभियुक्त ६ जनालाई जबर्जस्तीकरणी र अपहरण सम्बन्धी मुद्दा लगाउने तयारीगरेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।
केही समयअघि तुलसीपुर नया बसपार्कस्थित एक होटलमा बास बस्न आएका एक व्यक्तिको हत्या भएको थियो । शान्ति सुरक्षाको स्थिति खस्कदै गएको बेला सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीलाई सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने होटल व्यवसायीहरुको आग्रह छ ।
यसैबीच महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङले विज्ञप्ति जारी गरी सामूहिक बलात्कारको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षा भएको जनाएको छ ।
सञ्जालकी अध्यक्ष लक्ष्मी आचार्यले बुधवार विज्ञप्ति निकालेर घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको उल्लेख गर्दै घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । विज्ञप्तिमा पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडितको सुरक्षा एवं सम्मानपूर्ण वातावरणमा न्यायिक प्रक्रियाको माग गरिएको छ ।
यस्ता अपराध विभिन्न स्थानमा विगतदेखि हुदै आएका छन् प्राय ती सबैमा अपराधीलाई राजनीतिक एवं प्रशासनिक संरक्षण हुदै आएको हामीले देख्दै आएको कुरा हो। जसले यस्ता आपराधिक मनोवृत्ति बोकेकाहरुले बल पाइरहेका छन। अपराधीहरुले सजिलै उन्मुक्ति पाउने यही वातावरणका कारण तुलसीपुर घटना दोहोरिएको हाम्रो ठहर छ। विज्ञप्तिमा भनिएको छ। अब यस्तो अवस्थाको अन्त्य हुनु जरुरी छ, यस घटनाका अपराधीहरुलाई कहि कतैबाट संरक्षण नहोस् भन्दै कडा सजायका लागि हामी सम्बन्धित न्यायिक निकायसमक्ष जोडदार माग गर्दछौं ।'
विज्ञप्तिमा समाजका यस्ता अपराधीलाई सजाय एवं पीडितलाई न्यायका लागि दबाब र सशक्त आवाज उठाउन नागरिक समाज, राजनीतिक पार्टी महिला अधिकारकर्मी एवं सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिल गरिएको छ ।
यसैबीच रुकुमेली सेवा समाजका अध्यक्ष मीनराज वलीले पीडितलाई न्याय दिलाउन कुनै कसर पनि बाकी नराख्ने बताउनुभएको छ । उहाँले बलात्कारीहरुलाई कारवाही गर्न प्रहरी प्रशासनले चाल्ने हरेक कदमलाई सहयोग गर्ने बताउनुभएको छ । राजनीतिक दलको दबाबमा अपराधीहरुलाई संरक्षण गर्न खोजेमा समाजले कडा आन्दोलन गर्ने उहाले चेतावनी दिनुभयो ।
दाङका बनहरुमा बैधानिक भ्रष्टाचार: संसदीय टोली
गजेन्द्र बोहरा, दाङ असार १२ - बन कटानी तथा फँडानीबारे जिल्लाको अवस्था बुझ्न आएको संसदीय टोलीले यहाँका सामुदायिक तथा राष्ट्रिय बनहरुमा 'बैधानिक' भ्रष्टाचार भइरहेको निश्कर्ष निकालेर गएको छ। जिल्लामा सरोकारवालासँगको छलफल तथा केही सामुदायिक बनहरुको अनुगमन गरिसकेपछि टोलीले यस्तो निश्कर्ष निकालेको हो।टोलीले यहाँका सामुदायिक बनहरुबाट दाउरा तथा काठ बिक्रिको नाममा ठूलो भ्रष्टाचार भइरहेको ठहर गरेको छ। यसमा जिल्ला बन कार्यालय, ठेकेदार तथा स्वंय बनका उपभोक्ताहरुकोसमेत मिलोमतो रहेको टोलीको निश्कर्ष छ। यसैलाई नै टोलीले 'बैधानिक भ्रष्टाचार' भनेको हो। 'बन कार्यालय, उपभोक्ता र ठेकेदारको मिलोमतोमा ठूलो भ्रष्टाचार भएको छ' जिल्लामा आएको संसदीय टोलीका संयोजक राजकुमार शर्माले भने 'यसलाई रोक्नुपर्छ, हामीले अनुगमनका क्रममा देखेको यही हो, निश्कर्ष पनि यही हो, यसरी सरकारी कार्यालय अनि कर्मचारीहरुकोसमेत मिलोमतोमा भ्रष्टाचार भएको देखिन्छ।'
उनले बन उपभोक्ताहरुले दाउराका नाममा बहुमूल्य काठहरुलाई पनि सस्तो भाउमा बेच्ने गरेको पाइएको बताए। उनका अनुसार जिल्लाका कतिपय सामुदायिक बनहरुले टेन्डरसमेत नदिएर त कतिपयले कसैले नपढ्ने खालको पत्रिकामा औपचारिकताका लागि टेन्डरको सूचना दिएर अनियमितता गरेका छन्।'यो पनि भ्रष्टाचार नै हो, दाउराका नाममा धेरै ठाउँमा थुप्रै काठ काटिएका छन्, ती काठ बहुमूल्य छन्, दाउराका लागि ती उपयुक्त होइनन्।' उनले जिल्लाका कतिपय बनहरुले दाउरा बेच्ने नाउँमा ठूल्ल्ला रुखहरु काटेको पनि बताए।'काठका धेरै ठूला र राम्रा गोलियाहरुसमेत काटिएका छन्, तीनलाई दाउराको रुपमा प्रयोग गर्न मिल्दैन, यस्ता रुख किन दाउराका लागि काटिन्छन्?' यस्तो गर्नुलाई 'कमिशन'को खेल हो भन्दै शर्माले भने 'जिल्लामा यस्तो सञ्जालको बीचमा ठूलो कमिशनको खेल छ जस्तो लागेको छ, उनीहरुलाई हामीले बन ऐनअनुसार कारबाहीका लागि सिफारिस गर्नेछौं।'
उनले बनका उपभोक्ताहरुजत्तिकै दोषी जिल्ला बन कार्यालयसमेत रहेको बताए।'यसमा जिल्ला बन पनि उत्तिकै दोषी देखिन्छ' उनले भने 'बन कार्यालयले इमान्दारीताका साथ काम गरे कमिशनको खेल स्वतः कम हुनसक्छ।' उनले सामुदायिक बन तथा राष्ट्रिय बनहरुमा भइरहेको यस्तो खुलेआम भ्रष्टाचारलाई रोक्नका लागि बन कार्यालयलाई सक्रिय भएर लाग्न निर्देशनसमेत दिएको जानकारी पनि दिए। टोलीले पश्चिम क्षेत्रका राष्ट्रिय बनहरुमा ब्यापक चोरी निकासी हुँदासमेत जिल्ला बन कार्यालयले रोक्न नसकेको बताएको छ।
अनुगमनका क्रममा टोलीले कतिपय सामुदायिक बनहरुमा उपभोक्ताहरुले मिलेर बन मास्ने अनि जमीन निकालेर त्यसमा खेती गर्ने गरेको पाइएको बताएको छ। प्रायः देउखुरी क्षेत्रका सामुदायिक बनहरुमा उपभोक्ताहरुले बनको जमीन एकआपसमा बाँडेर प्लटिङसमेत गरेका छन्।'२५-३०वटा सामुदायिक बनहरुमा बसोबास र जग्गा बाँडेको पाइएको छ' संयोजक शर्माले भने 'यस्तो प्रवृत्तिले बन मासिन बेर लाग्दैन, यस्तो काम रोकिनुपर्छ।' उनले उपभोक्ताहरुको यस्तो मनोमानी रोक्नका लागि जिल्लाका राजनीतिक दलहरु एकभएर लाग्नुपर्ने आवश्यता औंल्याए।'यो रोक्नलाई दलीय सहमति सर्वाेत्तम बिकल्प हो' उनले भने 'उपभोक्ताले राम्रो पनि गरेका छन्, तर नराम्रो गर्नेलाई दण्डित पनि गर्नुपर्छ।'
शुक्रवार र शनिवार यहाँका विभिन्न सामुदायिक बनहरु अनुगमन गरेर संसदीयटोली बर्दिया गएको छ। सभासद राजकुमार शर्माको नेतृत्वमा आएको टोलीले बन फँडानी तथा कटानीका बारेमा स्थानीय सञ्चारकर्र्मी, बन उपभोक्ताहरु, सरकारी निकाय, सुरक्षा प्रमुख तथा नागरिकसमाजका प्रतिनिधिहरुसँग अन्तर्क्रियासमेत गरेको थियो भने देउखुरी क्षेत्रका करिब आधादर्जन सामुदायिक बनहरुको अनुगमनसमेत गरेको थियो। टोलीमा सभासदहरु गगन थापा, कूलप्रसाद नेपाल र पध्म चौधरी छन्।
जिल्ला बन कार्यालयका अनुसार जिल्लाका विभिन्न सामुदायिक बनमा गरी अहिलेसम्म २० हजार १ सय १७ दशमलव ३९ हेक्टर क्षेत्रफलको बन अतिक्रमण भइसकेको छ। यो क्षेत्रमा भएका जंगल मासेर ६ हजार ४ सय ७२ परिवार बसोबास गरेका छन् भने कैयौंले खेतीको रुपमा जमीन प्रयोग गरेका छन्। बन क्षेत्र अतिक्रमण गर्ने अधिकांशतः सम्बन्धित बनकै उपभोक्ताहरु छन्। त्यस्तै कतिपय ठाउँमा सुकम्वासी, मुक्त कमैया अनि प्राकृति प्रकोप पीडितहरुको नाममा समेत बन अतिक्रमण भएका छन्। खासगरी धेरैजसो बनक्षेत्रहरु जनआन्दोलनपछि र संविधानसभाको चुनावका समयमा भएका छन्।
जनकपुर आउँदै गरेको रेल दुर्घटना
२ को मृत्यु, ६ गम्भीर घाइते-जनकपुर, जेठ २४- नेपाल रेलवे अन्तर्गत संचालित एकमात्र रेल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा परी ६ जना गम्भीर घाइते भएका छन्। भारतको जयनगरबाट जनकपुर आउने क्रममा रेललाई ट्रिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो। घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जनकपुरबाट १० किलोमिटर टाढा देहुडीमा दुर्घटना भएको हो। घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।
एकीकृत माओवादी कार्यकर्ताद्वारा महिला बलात्कृत
सप्तरी जेठ २४ बकधुवा गाविसकी एक महिलालाई ०६७ जेठ २३ गते राति एकीकृत माओवादीका कार्यकर्ताले बलात्कार गरेका छन् । सप्तरीको बकधुवा गाविस-९ कि ३५ वर्षीया तारादेवी साहलाई राति १० बजे पिसाब फेर्न बाहिर निस्किएको समयमा उनकै छिमेकी माओवादीका जिल्ला सदस्य चलितर यादवले हतियार देखाएर धम्क्याउँदै आफ्नो घरमा लगेर बलात्कार गरेको पीडितले बताएकी छन् ।
पीडकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कर्यालय कञ्चनपुर राखिएको प्रहरीले जनाएको छ ।
पीडित महिलालाई भने स्वास्थ्य परीक्षणका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लगिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका सई पशुपति ढुंगानाले बताए ।
वर्कस धम्कीका कारण एक युवा विस्थापित
खोटाङ । जेठ २४ संविधानसभा सदस्य हिरा गुरुङका स्वकीय सचिव बाँझेच्यानडाँडा गाविस-३ निवासी २५ वर्षीय विजय गुरुङ किराँत जनवादी वर्कस पार्टीका कार्यकर्ताहरूबाट भौतिक कारबाहीको धम्की आएपछि ०६७ जेठ २३ गतेदेखि जिल्ला सदरमुकाम दिक्तेलमा विस्थापित भएका छन् ।वर्कस कार्यकर्ताले पीडितलाई तीन दिनभित्र आफुलाई इच्छा लागेको सबै कुरा गरिसक्न भन्दै भौतिक कारबाही गर्ने धम्की दिएपछि उनी विस्थापित भएका हुन् । वर्कस कार्यकर्ताले पीडितलाई ०६७ जेठ २० गते टेलिफोन गरी तीन दिनभित्र इच्छा लागेको सवैकुरा गरी सक्न धम्की दिएका थिए ।
वर्कस कार्यकर्ताले गाविससँग चन्दा माग गर्दा गाविस सचिवले गाविसको केही पैसा गुरुङले चलाएको र जिविसबाट पैसा निकासा नभएकोले तत्काल दिन नसक्ने जानकारी दिएपछि वर्कसले तीन दिनभित्र गुरुङलाई सफाया गर्ने भन्दै सो समाचार गुरुङसमक्ष पुर्याउन आफूलाई समेत समाचार पठाएको सो गाविसका सचिव मेघराज आर्चायले बताए ।
सो घटनाबारै कतै जानकारी तथा उजुरी नगराउन समेत वर्कसले धम्की दिएको पीडित तथा सचिव आर्चायले जनकारी दिएका छन् । पीडितले ०६७ जेठ २३ गते अधिकारकर्मीसमक्ष जीवन रक्षाका लागि पहल गर्न मौखिक अनुरोध गरेका छन् ।
घटनापछि सो क्षेत्रमा प्रहरी परिचालन गरे पनि कसैलाई गिरफ्तार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर श्याम ओलियाले बताए ।
बालिकाद्वारा बालकको हत्या
खोटाङ । जेठ २४ फेदी गाविस-२ का १२ वर्षीय बालक राजन विश्वकर्मालाई उनकै दिदी १३ वर्षीया पनिता बिश्वकर्माले ०६७ जेठ २० गते कुटपिट गरी हत्या गरेकी छन् ।
फेदी गाविसबाट मावल बाक्सीला आएकी पनिताले भाईलाई घर लैजान खोज्दा भाइले घर जान नमानेको र दिदी भाइ बीचमा झगडा हुँदा भाईलाई कुटपिट गर्दा अण्डकोषमा लागेर भाइको घटनास्थलमै मृत्यु भएको डीएस्पी टेकबहादुर तामाङले बताए । भाइको मृत्यु भए पछि घर नजीकै फ्याकी दिएको अवस्थामा सोही दिन प्रहरीले बाललको लास फेला पारेका थिए ।
पृथ्वी उच्च मावि बाक्सीलामा कक्षा ४ मा अध्यनरत बालक बाक्सीला गाविस-५ मा रहेको आफ्नो मामा पटनबहादुर बिश्वकर्माको घरमा बसेर अध्यन गर्दे आएका थिए । पोष्टमार्टम रिपोर्टमा पनि कुटपिट र अण्डकोसमा असर देखिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।
दलित बालिकामाथि सामूहिक बलात्कार
धनगढीकी एक दलित बालिकालाई सामूहिक बलात्कार गरिएको छ । धनगढी-२ निवासी सदा थरकी १३ वर्षीया बालिकालाई बिहीबार साँझ बलात्कार गरिएको हो । धनगढी-२ स्थित आँपको बगैँचामा ती बालिकालाई जबर्जस्ती लगी सोही ठाउँका प्रदीपकुमार साह र गुरुदेव साहले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार भएको थाहा हुनेबित्तिकै इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले पीडित बालिकालाई उद्धार गरी सोही दिन राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा मेडिकल टेस्ट गराएको प्रहरी निरीक्षक पदम थपलियाले नयाँ पत्रिकालाई जानकारी दिए । बालिकालाई उपचारपछि घर फर्काएको र बलात्कारीको खोजीकार्य भइरहेको उनले बताए ।यता, पीडित बालिकाकी आमाले आफ्नी छोरीको जबर्जस्ती बलात्कार गर्ने १८ वषर्ीय प्रदीप र १९ वर्षीय गुरुदेवमाथि कारबाही गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरमा शुक्रबार किटानी जाहेरी दिएकी छिन् । आफ्नी नाबालिका छोरीलाई ती दुवैजनाले आँपको बगैचामा लगी बलात्कार गरेको भन्दै जाहेरीमा तत्कालै उनीहरूलाई पक्राउ गरी कानुनबमोजिम कारबाही र क्षतिपूर्ति माग गरिएको छ ।