विश्व


ओबामा नहुने सपना देख्छन् : क्यास्ट्रो

हवाना/ क्युबाका पूर्वनेता फिडेल क्यास्ट्रोले सरकारको साटो दुनियाँमा पुँजीले शासन गर्ने गरेको बताएका छन् । मेक्सिको खाडीमा तेल पोखिएपछिको भयानक वातावरणीय विनाशप्रति लक्षित गर्दै उनले लेखेको लेखमा पुँजीलाई नियन्त्रणमा राख्नेविरुद्ध सरकारले कमै कारबाही गर्न सकेको विचार व्यक्त गरेका हुन् ।
'मेक्सिको खाडीमा तेल पोखिएपछि विश्वमाथि पर्यावरणीय प्रकोपमा घृणित आतंक थोपरिएको छ्,' उनले भनेका छन् । यस विस्फोटले ११ को मृत्यु हुनाका साथै पर्यावरण विशेषज्ञका अनुसार अमेरिकी तेल उद्योगको इतिहासमै सबैभन्दा खराब पर्यावरणीय प्रकोप उत्पन्न भएको छ ।
साता दिनअघि मेक्सिको खाडीमा बि्रटिस पेट्रोलियमको तेल विस्फोट भएको थियो । क्यास्ट्रोका अनुसार अमेरिका र युरोपका कम्पनीहरूले भ्ााग्य निर्धारण गर्ने गरेका छन् । विश्वको अर्थतन्त्र तिनकै नियन्त्रणमा छ । गत २२ अपि्रलमा पोखिएको आठ लाख लिटर तेलले खाडीमा भयावह जल प्रदूषण उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस घटनालाई राष्ट्रिय प्रकोपको संज्ञा दिएका छन् ।
'साम्राज्यवादले मानव जीवनमाथि आइलागेको चुनौतीका लागि बाराक ओबामा भने जिम्मेवार नभएको क्यास्ट्रोको धारणा छ । 'ओबामाले यथार्थप्रति अनभिज्ञ रहनुका साथै यस समस्यालाई न त उनी पार लगाउन चाहन्छन् न त सक्छन् नै । स्वप्नशील विश्वमा उनी अयथार्थवादी सपना देख्छन्,' क्यास्ट्रोले लेखमा भनेका छन् ।
८३ वर्षे समाजवादी क्रान्तिकारी नेता क्यास्ट्रोको स्वास्थ्य बिग्रँदै गएपछि चार वर्षदेखि पदमुक्त भएर बसेका छन् । उनी स्थानीय पत्रपत्रिकामा लेख लेख्छन् । क्युबाली कम्युनिस्ट पार्टीको प्रथम सचिवको पदीय दायित्व भने उनले निर्वाह गर्दै आएका छन् ।

फिलीपीन्समा निर्वाचन सुरु चार जनाको मृत्यु केही घाइते
मनिला बैशाख
२७/ फिलीपीन्समा सोमबार स्थानीय र आम निर्वाचन सुरु भइरहँदा चार जना नागरिक मारिएका छन् ।
मोटरसाइकलमा आएका केहि व्यक्तिले एक उमेद्वारको पक्षमा प्रचार गरेका चारजनालाई गोली प्रहारगरी हत्या गरेका हुन् । अरु केहि नागरिक केहि घाइते भएका छन् ।
तीन महिनादेखि फिलीपीन्समा चुनावी प्रचार सुरु भएपछि त्यहाँ दर्जनौँ नागरिकहरुको हत्या भएको छ । विभिन्न समुहले दलीय प्रतिषोधस्वरुप हत्या गरेको बताइएको छ ।
माओवादी आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु
नयाँदिल्ली बैशाख  
भारतको छत्तिसगढमा माओवादी आक्रमणमापरी सात सुरक्षाकर्मी मारिएका छन् । दन्त्यबाडा जिल्लामा ७६ जना सुरक्षाकर्मीको मृत्यु हुनेगरी भएको आक्रमणको एक महिनापछि भारतीय माओवादीहरुले छत्तिसगढको बिजापुर जिल्लामा सुरक्षाकर्मीको बुलेटप्रुफ गाडीमा आक्रमणगरी सात जनाको हत्या गरेका हुन्
टाटा ४०७ नम्बरको बुलेटप्रुफ गाडीमा चढेर कम्पनी हेडक्वाटरबाट बटालियन हेडक्वाटरतर्फ जाँदै गरेका सुरक्षाकर्मीमाथि बिद्रोही माओवादीहरुले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्
घटनामा एक सुरक्षाकर्मी घाइते भएका छन् भने एक जना हराइरहेका छन् माओवादी प्रभावित क्षेत्रमा कुनै पनि प्रकारका सवारीसाधनमा यात्रा नगर्न सुरक्षाकर्मीलाई दिएको निर्देशन उल्लंघन गरेको कारण यस्तो घटना भएको राज्यका गृहमन्त्री नानकिरम कानवारले बताएका छन्