विचार

युवा आन्दोलन र साँस्कृतिक रुपान्तरणका सर्न्दर्भमा
जीवन शाही
युवाहरुका सर्न्दर्भमा हाम्रो समाजमा थुप्रै खालका चर्चा गरिएको पाइन्छ । युवा विद्यार्थीहरुलाई जोशिलो, दरिलो र भरोशालाग्दो शक्तिका रुपमा हर्ेर्ने गरिन्छ । साँच्चै नै युवा विद्यार्थीहरुलाई समाज परिवर्तनका संवाहक पनि भन्ने गरिन्छ । त्यतिमात्र होइन, भविष्यका कर्णधारको उपमा पनि दिने गरिएको छ । यसरी हरेकखाले कोणबाट युवा विद्यार्थीहरुकासर्न्दर्भमा अर्थ्याउनु भनेको युवाहरुमाथि गहन जिम्मेवारी हुनु हो । सिंगो मुलुकको भविष्य नै युवा विद्यार्थीको जिम्मामाहुनु हो । यसो भन्नुको अर्थ हो- समाजको अग्रगामी रुपान्तरण र विकासमा लागि अहोरात्र युवाशक्ति लागिपरिरहेको हुन्छ । न्याय, समानता र स्वतन्त्रताका लागि बलिदान गर्न तत्पर रहन्छ । बलिदानीपूर्ण संघर्षले नयाँ इतिहास निर्माण गर्दछ । तर्सथ युवा विद्यार्थीहरुलाई आमरुपमा भविष्यका कर्णधार, परिवर्तनका संवाहक भनेर भन्ने गरिन्छ ।
स्वभावैले युवा विद्यार्थीहरु जोश जाँगरले भरिपूर्ण हुन्छन् । समाजका सचेत र सक्रिय शक्ति पनि हुन् । यो शक्तिलाई सही प्रकारको कार्यदिशा निर्माण गरेर जीवन उपयोगी वास्तविक सही ज्ञान दिलाउने प्रयास गर्नुपर्दछ । यसो नभएर हाम्रो मुलुकमा युवा विद्यार्थीहरुलाई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने भर्‍याङको रुपमा मात्र प्रयोग गर्ने गरेको देखिन्छ । हरेक खालका बलिदानीपूर्ण संघर्ष र परिवर्तनका सर्न्दर्भमा युवा विद्यार्थीहरुको भूमिका कमजोर देखिने इतिहास विश्वमै निर्माण भएको छैन भन्दा असान्दर्भिक नहोला । विश्वका कुनै पनि परिवर्तनकारी आन्दोलनको इतिहासलाई हेरौं । शोषण, दमन, अन्याय, अत्याचारका बन्द कालकोठरीभित्र जुवामा नारिएका शोषित, पीडित जनहरुको मुक्तिका लागि अग्रपंक्तिमारहेर शोषणविरुद्धको संघर्षमा होमिने शक्तिलाई यो समाजले सही ढंगले बुझ्न सकिरहेको छैन । जसका कारण नेपाली युवा विद्यार्थीहरुले बेरोजगारको जाँतोमा पिल्सिरहनु परेको छ । अझै पनि यो साम्राज्यवादी विस्तारवादीहरुकोदासी बनेर जीवन गुजारा गरिरहनु अहिलेको अवस्था छ ।
नेपाली समाज दुइ खालको चरित्रमा छ । सरर्सर्ती हेर्दा स्वतन्त्र स्वाधीन राष्ट्रको रुपमा रहेको जस्तो पनि देखिन्छ । अलि गम्भीर भएर हेर्ने हो भने न पूरै स्वतन्त्र भएको जस्तो पनि देखिदैन । त्यतिमात्र होइन, यहाँको शासकीय स्वरुप पूर्ण प्रजातान्त्रिक पद्धतिअनुरुपको भनेर भनिहाल्ने अवस्था त कहिंकतै पनि छैन । जनमुखी प्रकारको व्यवस्था पनि छैन । त्यसो त निरंकुश आततायी प्रकारको सामन्तवादी प्रणाली पनि हाल मौजुद छैन । त्यसैले यो मुलुक अर्ध-सामन्ती तथा अर्ध-औपनिवेशिक मुलुक हो । अर्काको भरमा वैदेशिक ऋण अनुदानको आधारमा यो मुलुकको बजेट निर्माण हुन्छ । त्यही पनि ठूलो मात्रामा चुहावट हुन्छ । राष्ट्रलाई कंगाल बनाउनेहरु धेरै मात्रामा भ्रष्टाचार गर्ने गर्दछन् । थोरै मात्रामा उपयोग गर्ने गर्दछन् । राष्ट्रको ढुकुटीमा ब्रहृमलुट मच्चाएर दलाल पूँजीपति वर्गहरु र तीनका इशारामा चल्ने आसेपासेहरु झन् भन्दा झन् कंगाल पार्ने दिशामा अघि बढिरहेका छन् । विगतमा मुलुकको अर्थतन्त्रमाथि राणातथा शाहवंशीय राजाहरुले एकलौटी प्रकारलेे उपयोग गर्दै आए । फेरि पनि नेपाली जनताका बीचमा मुकुण्डाधारीहरुले ठीक त्यही प्रकारको व्यवहार प्रदर्शन गरिरहेको अवस्था छ । यस प्रकारको अवस्थाबाट मुक्त गर्ने देशको जिम्मेवार शक्ति युवा विद्यार्थीहरुको मुख्य अभिभारा पनि हो ।
यो समाजका अगुवा भनिनेहरुले युवा विद्यार्थीहरुलाई सही प्रकारको ज्ञान दिन सकेका छैनन् । अग्रगमनकारी शक्तिकारुपमा परिणत गर्न खोजेका पनि छैनन् । बरु उल्टै साँस्कृतिक अराजकताको शिकार, दुर्व्यसनी, भ्रष्ट, नैतिकहीन, चरित्रहीन बनाउने प्रयास गरिरहेका छन् । जसले गर्दा साम्राज्यवादीका गुलामी सजिलै बन्न सकून् । राष्ट्र, राष्ट्रियता र आफ्नो स्वाभिमानप्रतिको चिन्ता पनि मर्दै जाओस् । जसले गर्दा अन्यायी सामन्ती व्यवस्थाका विरुद्धमा आवाज निकाल्ने व्रि्रोही प्रकारको युवा शक्तिको विकास नरहोस् र आफूहरु साम्राज्यवादी विस्तारवादीहरुका चाटुकार बनेर भएपनि राज गर्न सक्ने अवस्था सिर्जना गर्न खोजिरहेका छन् तर संर्घष्ा चलिरहेको छ- युवा विद्यार्थी आन्दोलनको विगतलाई नियाल्ने हो भने । त्याग, बलिदान र अदम्य साहसका साथ सबैखाले जनविरोधी क्रियाकलापका विरुद्धमा संर्घष्ा गरेको देखिन्छ । युवा विद्यार्थीहरुले आन्दोलनको अवस्थामा उनीहरुले -शासकहरुले)देखाएको कुनै पनि लोभलालचमा नपरी उच्च मनोबलका साथ जेलनेल, गिरफ्तारी, यातनामात्र नभई फाँसीको तख्तामा जान तयार हुने युवा विद्यार्थीहरुले २००४ सालमा राणाकालीन दासताबाट मुक्त हुन थालेको "जयन्तु सँस्कृतम्" आन्दोलन पनि एउटा ऐतिहासिक कडी हो । धेरै टाढाको कुरा गरिरहनु भन्दा हाम्रो मानसपटलमा ताजै रहेको २०६२/०६३ को आन्दोलनकै सर्न्दर्भमा चर्चा गर्ने हो भने पनि युवा विद्यार्थीहरुले नै सडकमा र्सवप्रथम गणतन्त्रको माग गरे । राजतन्त्रको अत्येष्टिको माग गरे र त्यसलाई निर्ण्ाायक मोडमा पुर्‍याई छाडे । जति बेला यो मुलुकमा मै हँु भन्ने बहादुर नेताजीहरु जसले आज कर्ुर्सर्ीी लागी मरिहत्ते गरेका छन्, कोही जंगलमा थिए, कोही हनुमान ढोकामा कमल थापाहरुको हिरासतमा थिए भने कोही राजा ज्ञानेन्द्रको पाउमा असर्फी चढाउँदै थिए । प्रतिगामी निरंकुश शाही सरकारका विरुद्ध संर्घष्ाको आँधीबेहरी सिर्जना गरे । आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याइछाडे । अनिमात्र मुलुक आज आएर लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको छ ।
सामन्तवादी पारिवारिक राजतन्त्रात्मक प्रणालीको अध्याय समाप्त भएको छ । यो खुशीको कुरा हो । यो खुशी विश्वभरका श्रमजीवी जनताले मानेका छन् । सदियौंदेखि एकछत्र राज गरेको सामन्तवादको अन्त्येष्टि हुँदा मलाई यहाँ एकजना पाकिस्तानी कम्युनिष्ट नेतासँगको वार्ताको प्रसंग उल्लेख गर्न मन लाग्यो । संयोगवस केही समय पहिला काठमाडौंमा एउटा कार्यक्रममा भेट भएको थियो । पाकिस्तानी भूमिगत मार्क्सवाद, लेनिनवाद तथा माओत्सेतुङ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने त्यहाँको श्रमिक संगठनका नेताले त्यतिबेला नेपाली युवा विद्यार्थीतथा समग्रमा नेपाली जनतालाई धन्यबाद दिंदै बधाई समेत ज्ञापन गरेका थिए । यर्सथ कि नेपाली युवा विद्यार्थीकोआन्दोलनले बादशाहको अन्त्य गरेको छ । तपाईको मुलुकको शासन व्यवस्था गणतन्त्रात्मक भएको छ । ......... यस्तै थुप्रै विषय हामीबीच चर्चा भएको थियो । तर मैले सबै उल्लेख गर्न सक्ने छैन । यहाँ म यो उल्लेख गर्न खोज्दैछु कि नेपाली युवा विद्यार्थीको भूमिका अन्तर्राष्ट्रिय समुदायले पनि कम आँकेको छैन । बधाई ज्ञापन गर्दा ठूलो छाती त भएको थियो । वास्तवमा गणतन्त्रात्मक व्यवस्थामा परिणत त भयो मुलुक तर यो गणतन्त्रले पनि सबैभन्दा पहिलायहाँ युवा विद्यार्थीहरुकै घाँटी निमोठिरहेको छ ।
प्रथमतः यो गणतन्त्र भन्ने कुन चराको नाम हो त्यो पनि थाहा छैन भन्ने बेला भएको छ । गणतन्त्र आज मनपरितन्त्र भएको छ । यो गणतन्त्र सामन्तवादको अन्त्यपछि उदाए तापनि यहाँ नव सामन्तहरुको उदय भइरहेको छ । जसले यो मुलुकका युवा विद्यार्थीहरुमाथि गलत प्रकारको राजनीतिक फाइदा उठाइरहेका छन् । आफ्नो राजनीतिक स्वार्थ परिपर्ूर्तिको साधन बनाइरहेका छन् । एक आपसमा लर्डाई राखेका छन् । अपराध र अराजक गतिविधितर्फउन्मुख गराइराखेका छन् । जसले गर्दा यो युवा विद्यार्थीहरुको शक्ति भ्रष्टीकरणतर्फउन्मुख गराइरहेका छन् । युवा विद्यार्थीहरुकोखुन पसिनासँग साटिएको गणतन्त्र यस्तो बर्बाद भविष्यको लागि होइन । दण्डहीनताका लागि पनि थिएन तर आज ठिक त्यही भएको छ । जे नहुनु थियो, त्यही पहिला भयो । यो गणतन्त्रमा सबैभन्दा बढी उपेक्षा युवा विद्यार्थीहरुमाथि नै भएको छ । माथि पनि धेरैपटक उल्लेख गरिसकिएको छ कि सबैभन्दा बढी महान् मुक्तिका खातिर आफ्नो जीवन उर्त्र्सग गर्ने युवा विद्यार्थी नै हुन् । यर्सथ जतिसुकै परिर्वतन भएतापनि बेरोजगार उत्पादनको कारखानाका रुपमा स्थापित नेपालको शिक्षा प्रणाली जसले आज र्सर्टिफिकेटको चाङबाहेक अरु दिन सकेको छैन । न यो व्यवहारिकरुपमा आफ्नोघरधन्दा, कारोवारहरुमा यसले सहयोग पूर्‍याउछ, न त कुनै नयाँ निर्माणका लागि । जसले गर्दा यो अत्यन्तै अव्यवहारिक र अवैज्ञानिक शिक्षा प्रणालीका शिकार नेपाली युवा विद्यार्थीहरुलाई युगअनुसार अगाडि बढ्न नसक्ने, अदक्ष शक्ति उत्पादन केन्द्र मात्र रहिरहने स्थिति छ । जसले गर्दा आज सिंगो युवा जमात बेवारिशे बनिरहेको छ । महँगो, खर्चिलो प्रकारको शिक्षासबैका लागि हुन नसक्ने भएका कारण सबै शिक्षाको मूलधारमा आउन नसकिरहेको अवस्था छ । राज्यले सबैका लागि शिक्षा र निःशुल्क शिक्षा भन्दै नारा फलाकिरहेको छ । तर सबैभन्दा महंगो शिक्षा नै शायद हाम्रै मुलुकमा नहोला भन्न सकिदैन । जति महंगो उत्तिकै नाकामयाव पनि छ । यस प्रकारको अवस्थाले पनि यो गणतन्त्रात्मक अवस्थामा निरन्तरता पाएपछि यो गणतन्त्र हुनु र नहुनुमा भिन्नता र ज्यादै खुशी हुनुपर्ने जस्तो मलाई लाग्दैन । हुन त यो पूँजीवादी गणतन्त्र हो । यसमा सबै आशा गर्नु त सकिन्न तर केही रुपमा त हुनैपथ्र्यो ।
त्यसैले आज यो पूँजीवादी प्रतिक्रियावादी व्यवस्थाले अझै पनि आफ्नो वर्गस्वार्थ पूरा गर्न प्रयोग गरिरहेको छ भन्न्ो विषयमा पक्कै दर्ुइमत छैन । युवा विद्यार्थीलाई विदेशिन वाध्य तुल्याएको छ । सचेत, दक्ष जनशक्ति विदेशिन वाध्य छ । ठूलो पैमानामा दक्ष युवाशक्ति वैदेशिक सैन्य भर्ति केन्द्रहरुमा पनि जानु परिरहेको छ । जसले आज आफ्नै मातृभूम्रि्रति वितृष्णा जगाउने कार्यलाई बढावा दिइरहेको छ । यो भन्दा घातक नेपाली समाजका लागि अरु ठूलो धक्का केही हुने छैन । युवा विद्यार्थीलाई प्रयोग गर्ने सर्न्दर्भमा उनीहरुमा भएको उत्तेजनालाई प्रयोग गर्न भविष्यका कर्ण्र्ाार र परिर्वतनका संवाहक, मुलुकको जिम्मेवार शक्ति भन्दै आइरहेको अवस्था छ । तर यही शक्ति कसरी कर्ण्र्ाार बन्नसक्छ, जसलाई पथपर्दशन गर्ने शिक्षाले मातृभूम्रि्रति घृणा पैदा गराउँदैछ । राष्ट्रियता, स्वाधीनता र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको अध्ययन र त्यसको विकासका लागि उनीहरुकोभूमिका खोजिदैन भने ती सबै जिम्मेवारी युवा वर्गमा भएको भन्ने कुरा मिथ्या नै हुन्छ ।
ठूलो मात्रामा युवा जनशक्ति राजनीतिक चेतनाको कमीले गर्दा साम्राज्यवादी विस्तारवादीको गुलाम बन्ने र विदेश पलायन हुनेबाहेक मातृभूमिको रक्षाको विषयमा गम्भीर बन्न सकिरहेका छैनन् । यसो हुनुको कारण नै नेपाली राजनीतिक आन्दोलनका फटाहाहरुले राजनीतिलाई कर्ुर्सर्ीीे वरिपरिमात्र सीमित गराएर जनअनुमोदित व्यवस्थाका नायक बन्ने प्रयत्न गर्नुको साथै साम्राज्यवादी विस्तारवादर्ीर् इशारामा खेल्ने भएका कारण युवाहरुलाई राजनीतिक चेतनाबाट ठाढा राखेर क्रान्ति, परिवर्तन, रुपान्तरण र नव निर्माणको महत्वपर्ूण्ा भूमिकाबाट निस्त्रिmय गराउन चाहन्छन् । यसप्रकारको नियत नेपाली समाजका लागि घातक हुनेछ । एक दिन पराधीन राष्ट्रका रुपमा देख्नु पर्नेछ ।
त्ार्सथ यूवाहरु अब सांस्कृतिक रुपान्तरणको प्रक्रियामा अघि बढ्न जरुरी छ । हामीले यो समाजका गलत प्रवृत्ति, सामन्तवादी अवशेष, मूल्यमान्यता र पँूजीवादी प्रतिक्रियावादी राजनीतिको शिकार बन्नु हुँदैन । तिनलाई रुपान्तरण गर्दै ठोस वस्तुको ठोस विश्लेषण गर्दै अघि बढ्नर्ुपर्छ । हाम्रो राजनीति भनेको र्सवहारा वर्गीय अधिनायकत्वका लागि हुनु पर्दछ । न कि सामन्तवादी पूँजीपति वर्गको, दलाल पूँजीपति, नोकरशाही, तानाशाह तप्काको सेवा गर्ने होइन, जसले हामीलाई हालसम्म दासी बनाइ राखेको छ । अब यो तख्ता पनि पल्टाउनु पर्छ ।
चिनियाँ जनक्रान्तिका नायक र्सवहारा वर्गका नेता क. माओत्सुङले युवाहरुका सर्न्दर्भमा भन्नु भएको छ, "तिमी आठ बजे -बिहानको) र्सर्ूय जस्तै हौ ।" जसरी सुतेकालाई जगाउन, जागेकालाई काममा लगाउन सबै प्राणीहरुलाई जसरी बिहानीले जागृत गराउँदछ, ठिक युवाहरुले पनि त्यही भूमिका निर्वाह गर भन्ने देखाउँछ । माओको उपरोक्त भनाईले अन्धकारबाट उज्यालोतर्फबढ्न अभ्रि्रेरित गर्दछ । बिहान आठ बजेको र्सर्ूयले कठ्याङ्िग्रएको जाडोमा ताप प्रदान गर्दछ । ठिक त्यसैगरी युवा विद्यार्थीहरुको पनि यो दुनिँयालाई, समाजलाई सही दिशातर्फउन्मुख गराउन । सबैलाई उज्यालो दिन, जागृत बनाउन, अन्धकारपर्ूण्ा गलत संस्कार र सँस्कृतिको विरुद्धमा सँगठित र आन्दोलित पार्न सक्नर्ुपर्दछ । गलत राजनैतिक व्यवस्थालाई पल्टाउन सक्नु पर्छ ।
नेपाली समाजमा भएको यस प्रकारको विकृत संस्कृति जसले युवाशक्ति र मुलुकलाई नै बर्बादीको दिशामा धकेल्ने प्रयत्न गर्दैछ । यसलाई ध्वस्त गर्न साँस्कृतिक रुपान्तरणको आवश्यकता पर्दछ । अब यो साँस्कृतिक रुपान्तरणको विषय पनि गम्भीर नै छ । सामान्यतया मानिसको मानसपटलमा परेको छाप र त्यसद्वारा निर्देेशित विचार, काम कारवाही, चालचलन, रीतिरिवाज तथा बानी-व्यवहार संस्कृति हो भने त्यसलाई फर्ेर्नु वा फर्ेर्ने प्रयत्न गर्नु, त्यसका गलत पक्षलाई फर्ेनु, राम्रा पक्षलाई जगर्ेना गर्दै रुपान्तरण गर्नु, पूनर्निर्माण गर्नु अर्थात् त्यस दिशातर्फउन्मुख गराउनु यो नै साँस्कृतिक रुपान्तरण हो ।
यर्सथ अब नेपाली युवा विद्यार्थीहरुको काँधमा त्यही जिम्मेवारी छ । राष्ट्रियता, अखण्डता, सामाजिक हीनताबोध, संर्घष्ाबाट पलायन हुने, डराउने, कठिनाईमा आत्तिने, निस्त्रिmय बन्ने र आत्म र्समर्पण र गद्दारी गर्ने, सत्ता लुछाचँुडीमा व्यस्त रहेर राजनीतिको गलत फाइदा उठाएर बर्बादीको खाडलमा धकेल्नेहरुकोविरुद्धमा बिहानका र्सर्ूय जस्तै उदीयमान आन्दोलनको भावनाहरुलाई ती अधिकारहरुलाई अगाडि बढाउन साँच्चै परिवर्तनका संवाहकहरु युवा विद्यार्थीहरुले साँस्कृतिक रुपान्तरणको दिशाामा अगाडि बढ्नुपर्ने अवस्था छ। 

सांस्कृतिक चेतना र राजनीतिक प्रणाली

राजनीतिलाई सांस्कृतिक चेतनाबाट बाहिर राखिए त्यसको चरित्र साह्रै भद्दा, घीनलाग्दो हुँदो रहेछ । नेपालमा चार वर्षदेखि लोकतान्त्रिक गणतन्त्र राजनीतिक प्रणाली अभ्यासमा छ । तर, नेपाली राजनीतिका शीर्षनेतामा लोकतान्त्रिक गणतन्त्रको चेतना नभएकाले मुलुक र नागरिकले सँगसँगै दुःख पाइरहेका छन् । मध्यमवर्गीय बुद्धिजीवीको एउटा हिस्सा अबुझ भएर लोकतान्त्रिक गणतन्त्रसँग मिल्नै नसक्ने चरित्रका पक्षमा वकालत गरिरहेको छ । उनीहरूको विश्लेषणमा अहिले पनि एकीकृत माओवादीसँग विद्रोहको अधिकार सुरक्षित छ र मुलुकलाई क्षतविक्षत पार्ने आमहडताल गरेर उसले सरकारको तुलनामा कमै गल्ती गरेको छ । ठूला बुद्धिजीवीको त यो हाल छ भने अरूको कुन हविगत होला ! यो हो नेपाल राष्ट्रको सबैभन्दा ठूलो
दुर्भाग्य ! लोकतान्त्रिक गणतन्त्रको राजनीतिक प्रणाली सञ्चालन गर्ने नेताहरूको चेत सामन्तवादबाट बाहिर निस्कन नमानिरहेको जस्तो !
राजनीतिक प्रणालीमा राजतन्त्र सामन्तवाद या त्यसको अवशेष हो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई हामी आधा सामन्तवाद, आधा पुँजीवाद भनेर सम्झौता गर्न सक्छौँ । तर, लोकतान्त्रिक गणतन्त्र पुँजीवादी प्रणाली हो । अझ संघीयता थप्ने हो भने त्यो सम्पन्न, समृद्ध पुँजीवादको त्यो बिन्दु हो, जहाँबाट समाजवादतिर संक्रमण गर्ने बाटो खुल्छ । यो प्रणाली र हाम्रा ठूला नेताका मन र व्यवहार कहाँनेर मिल्न सक्छ ? विधिविधानलाई कागजको खोस्टोमा परिणत गरेर धज्जी उडाउने पार्टीहरूले नयाँ नेपालको निर्माण कसरी गर्लान् ! सामन्ती चेत थोरबहुत सबै पार्टीका ठूला नेतामा छ, । अहिले भने यो सबैभन्दा खतरनाक ढंगबाट माओवादी नेताबाट निसृत भइरहेको छ ।
१८ वैशाख-बाट सुरु भएको नेपाल बन्द २४ वैशाख राति समाप्त भएको छ । बन्द फिर्ता असाध्यै राम्रो काम हो । सतहमा यसका कारण खोज्दा धेरै निस्किएलान् । तर, जे भए पनि यसलाई माओवादी पार्टीको लोकतान्त्रीकरणको सकारात्मक पाइलो मान्नुपर्छ । लोकतान्त्रिक गणतन्त्रमा कसैले कसैलाई इच्छाविरुद्ध आफ्ना क्रियाकलापमा संलग्न गराउन पाउँदैन । सभ्य मुलुकमा बन्द हुँदैन भन्न नमिल्ला । सन् २००७ मा म प|mान्सको राजधानी पेरिस पुगेको थिएँ, युनेस्कोको साधारणसभामा सहभागी हुन । शिक्षामन्त्री, सचिवलगायत युनेस्को नेपालसँग सम्बन्धित साथीहरू त्यहाँ पुगेका थियौँ । हामी पुगेको तेस्रो दिन त्यहाँको मजदुर संगठनले रेल यातायात बन्द गरेको घोषणा गर्‍यो ।
नढाँटी भन्ने हो भने सातै गएको थियो मेरो । नेपालमा बन्दको घोषणा गरेपछि, आह्वान गर्ने पात्र जोसुकै होस्, सबै नागरिकले जबरजस्ती त्यो बन्दमा सहभागी हुनैपर्छ । यो चेतना बोकेको मान्छे, प|mान्समा पुगेको हप्ता नबित्दै बन्दको घोषणा सुन्नु त हाहाकार नै भइयो । पेरिस यात्रा गर्ने मनलाई मैले चुपो लागेर थन्क्याइहालेँ । तर, युनेस्कोको कार्यक्रममा त जानैपथ्र्यो । दूतावासका गुरुजी श्रीलंकाली भाइ आए लिन । मैले 'कसरी जाने, यातायात मजदुरले बन्द आह्वान गरेका छन्' भनेपछि उनले हाँस्तै भनेका थिए, 'सर ! यहाँको बन्द बलप्रयोग होइन, स्वेच्छा हो । मान्नेले मान्छन्, नमान्नेले मान्दैनन् । जबरजस्ती सार्वजनिक यातायात बन्द गर्ने, निजी गाडीको आवागमनमा अवरोध पैदा गर्ने न यहाँको चेतना हो, न यहाँको कानुनले त्यसलाई स्वीकृति दिन्छ ।'
गुरुजीको भरोसामा बाहिर निस्किइयो । अनौठो ! निजी गाडी चलिरहेका छन् । ट्याक्सी पनि चलिरहेकै छन् । युनेस्कोमा काम गर्ने नेपाली भाइहरूलाई मैले आफ्नो अनौठो सुनाएँ । उनीहरूले हाँस्तै भने, 'दाइ ! यो नेपाल होइन, प|mान्स हो । यहाँको बन्द ढुंगामुढा र टायर-दहनको बन्द होइन । बन्दको समर्थन गर्ने या नगर्ने व्यक्तिको अधिकार हो । बन्दमा कसैले कसैमाथि करकाप गर्न पाउँदैन ।'
तर, नेपालमा माओवादीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने अन्तिम लक्ष्य लिएर बन्द आयोजना गरेको थियो । बन्दमा दैनिक ज्याला कमाउने मजदुर सबैभन्दा पीडित भए । बन्दले निम्नमध्यमवर्गीय समुदायलाई नराम्ररी सतायो । उद्योग व्यवसायीलाई धुरुधुरु रुवायो ।
मान्छे खान नपाएपछि विद्रोहमा उत्रिन्छ । त्यसैले पछिल्ला दिनमा भोकाएका मानिस प्रतिकारमा उत्रिएका हुन् माओवादी बन्दको । माओवादीले युथफोर्स र मण्डले भनेर गाली गरे पनि बूढानीलकण्ठ, जोरपाटीको प्रतिवाद स्थानीय जनताकै थियो । होला, धनकुटामा युथफोर्सको अगुवाइमा पसल खोल्ने प्रयत्न भयो । अन्यत्र जति ठाउँमा झडप भए, एकातिर पसल खोलाउने स्थानीय समुदाय र अर्कातिर बन्द बलियो बनाउने माओवादी पार्टी उभिएका थिए ।
२४ वैशाखका दिन त माओवादीले हदैसम्मको शत्रुता देखायोपहिले शान्ति र्‍याली नगर्न आयोजकलाई धम्क्याएर, अनि पछि शान्ति र्‍यालीका सहभागीमाथि आक्रमण गरेर । तर, माओवादीको प्रतिकारले काठमाडौंको वसन्तपुरमा शान्तिकामी नागरिकलाई भेला हुनबाट रोक्न सकेन ।
सांस्कृतिक रूपान्तरणको राजनीतिक भूमिकाको अर्को महत्त्वपूर्ण पाटो होआफूलाई लोकतान्त्रिक गणतन्त्रवादी भन्ने कुनै पनि नेता या कार्यकर्ताको बोली वा भाषण । भन्न त माओवादीका परिचित मित्रले तपाईं एकोहोरो माओवादीलाई खेद्नुहुन्छ पनि भन्नुभएको छ । तर, मैले कुनै पनि विरोध तथ्यबाट बाहिर निस्किएर गरेको छैन । माओवादीको समर्थनमा लेख्न म सक्दिनँ । किनभने, म बन्दुकमा सौन्दर्यबोध गर्नै सक्दिनँ । अहिले मैले मुद्दालाई बन्दुक र शान्तितिर लान खोजेको पनि होइन । मैले उठाउन खोजेको विषय होसांस्कृतिक रूपान्तरणको ।
यो रूपान्तरणको अभाव नारा संयोजनमा पनि देखिन्छ । माओवादी कार्यकर्ताले बिहान कार्यक्रममा सामेल हुन कार्यस्थलतिर जाँदा र साँझ खानपिन गर्न बासस्थलतिर जाँदा उप|mी-उप|mी माधव नेपालका विरुद्ध तीनवटा र विद्या भण्डारीका विरुद्ध एउटा नारा लगाएको सुनियो । माधव नेपालविरुद्ध, उनीहरूको नारा थियोमाकुने चोर, देश छोड् ! आर्यघाटले के भन्छमाकुनेलाई ले भन्छ । लेऊ-लेऊ जनता खुकुरी, माकुनेलाई छप्काइदिउ"m । यस्ता नारा कुन तहको सांस्कृतिक चेतनाको अभिव्यक्ति हो ? माओवादी टिप्पणीकारलाई लेख्न त सजिलो होलाहिजो तिमीहरूले पनि यस्तै नारा लगाएका थियौ नि ! हिजो राजाका विरुद्ध अथवा गिरिजाप्रसाद कोइरालाका विरुद्ध जस्तो नारा लाग्यो, त्यस्तै नारा अहिले पनि लगाउनु जायज हुन्छ भन्ने हो भने हाम्रा नेताले आफूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको अभियन्ता किन भनिरहनुपर्‍यो !
सँगसँगै माओवादी कार्यकर्ताले एउटा
साह्रै फोहर नारा लगाएको पनि सुनियो सडकमा । 'विद्या ! तेरो सिन्दुर खोइ ? केपी ओली तेरो पोइ' जस्ता असभ्य र मानव-मर्यादाको तिरस्कार गर्ने गाली सुन्दा यस्तो लाग्योमाओवादी 'क्रान्ति' मा मरेका वा मारिएकाका पत्नीहरूप्रति एमाओवादी पार्टीको दृष्टिकोण कस्तो होला ? यस्तो घीनलाग्दो गाली त जिम्दारी चेतनाले मात्र गर्न सक्छ । जे होस् एमाओवादी पार्टीका नेताहरूले वैशाख २४ गते बिहानको जनप्रतिकार र बेलुकाको राजदूतहरूको दबाबका कारण आफ्नो नेपाल बन्द कार्यक्रम फिर्ता लिएर आफ्नो पार्टीलाई लोकतान्त्रिक गणतन्त्रको यात्रातिर फर्काएका छन् । यस बन्दले एकीकृत माओवादीलाई बुद्धि देओस् । बन्द र हडताल कुनै पनि राजनीतिक समस्याको समाधान होइन । लोकतन्त्र सम्झौताको सिद्धान्त हो भने गणतन्त्र नागरिकको सर्वोच्चता हो । यस सत्यलाई मदनकृष्ण र हरिवंशले वैशाख २४ गते बिहानको शान्तिसभामा सरल भाषामा उद्घोष गर्नुभएको थियो । यहाँ बुद्धिजीवी समुदाय उत्रिएको छ र त्यो हडतालको विरोधमा छ भनेर मदनकृष्णले बोलेको वाक्यलाई माओवादीले राम्ररी बुझून् ।

हिंसा र युद्ध कि सहमति र अग्रगति?

विरोध प्रदर्शन, अझ त्यसमाथि झोकिएको पूर्व विद्रोही माओवादीको! के के न उपध्रो होला भनी राजधानीका सुकिलामुकिला, खातापिता र बुज्रुग जन आतंकित थिए। सरकार एक सूत्रीय एजेन्डामा मग्न थियो। माओवादी भएभरको दलबल लिएर सत्ता कब्जा गर्न आउँदैछ। सेना लगाएर दह्रो जबाफ दिइन्छ। सरकारको लोलीमा बोली मिलाउँदै मिडियाको एक पाटोले आतंकको कथा जोशजाँगरका साथ फिँजाएको थियो। तर हुन गयो अनपेक्षित उल्का। काठमाडौँका सडकहरुमा जनसागर शान्त गतिमा प्रवाहित भयो। ननिको छिसिक्क कतै केही भएन। केही उपध्रोको थालनी होला र त्यसलाई निहुँ बनाएर सेनालाई सडकमा उतारुँला भनेर शुभ घडी कुरिबसेको सरकार जिल पर्‍यो। जब सडकधर्ना सुरु भयो, अर्को उल्का देखियो। धर्ना मुस्कानबाट सुरु भयो र दिनभरि नाचगानमा रमायो। उपध्रोको झिल्कोमा पेट्रोल खन्याउन खुट्टो उचालेर उभिएका दुःखीहरु निराश भए। माओवादी विरोधको भव्य प्रदर्शनले केही काम जरुर गर्‍यो। उच्चाटलाग्दो गतिरोधमा अड्किएको राजनीतिको धमिलो तलाउमा ढुंगा हान्यो र चौफर्ती तरंग पैदा गरिदियो। भोका र नांगाहरु एवं अपहेलित र वञ्चितहरु आफ्नो हकका निम्ति जागेका छन् र इतिहासको बाटोमा तगारो ठड्याउनेहरुलाई तिनले चैनले सुत्न दिने छैनन् भन्ने सन्देश सञ्चार गरिदियो। सडकमा जो छन्, धेरैजसो आधा पेट खाएका, आधा आङ लाएका, मैलाधैला र दुब्लापातला जनहरु छन्। ती भन्दैछन् - हामीलाई शान्ति चाहियो, हामीलाई संविधान चाहियो। शान्ति र संविधानका लागि हामीलाई फराकिलो सरकार चाहियो। ती भन्दैछन् - साँघुरो सरकार गद्दीबाट हट्, फराकिलोलाई ठाउँ खाली गर्। सडकमा जो आएका छन्, कोही खाली खुट्टा आएका छन्, कोही चप्पल लाएर आएका छन्। कोही जाँगे लाएर आएका छन्, कोही धोती लाएर। थरीथरीका गरिखाने नेपालीहरुको इन्द्रधनुषी संगम छ सडकमा। लक्ष्यप्रति ती प्रतिबद्ध छन्, अडानमा ती कटिबद्ध छन्। भन्छन् - गए बरु ज्यानै ज्याला, चिताएको कुरो पूरा नभई यसपाला घर गइन्न। सरकारका कर्ताहरुका कुरा सुन्छु र म जिल पर्छु। भद्र नागरिक समाजका कुरा सुन्छु र म चकित हुन्छु। महाजनहरुका कुरा सुन्छु र म विस्मित हुन्छु। यी सबै एक स्वरमा, एकै लयमा एउटै अभिप्राय प्रकट गरिरहेका छन्। भन्छन् - यो आन्दोलन अलोकतान्त्रिक र असंवैधानिक छ। सडक हल्लाले तर्सेर सरकारले कुर्सी छाड्न मिल्दै मिल्दैन। यो भनाइ मलाई कानुनका सूत्रहरुलाई देववाणी ठान्ने र जनजनका सपना र आकांक्षाहरुको रतिभर पर्बाह नगर्ने रुढ रकमीहरुको सनातन गनगनजस्तो लाग्छ। यो गनगनमा केवल सत्तामोह गनाउँछ। यो गनगनमा केवल यथास्थिति मोहको डकार सुनिन्छ। यो हठमा खाइपाइ आएको सत्ता मरिगए नछाड्ने मूढाग्रह ध्वनित हुन्छ। यो जिद्दीमा सहमति, सहकार्य र अग्रगमनको चाहना होइन, द्वन्द्व, द्वन्द्व र विकराल द्वन्द्वको चाहना मुखरित हुन्छ। राजनीति संक्रमणकालमा छ। अन्तरिम संविधान संक्रमणकालीन अस्थायी स्रेस्ता हो। यो स्रेस्ता छुनै नहुने, फेर्नै नहुने गीता, बाइबल वा कुरान किःमार्थ होइन। संक्रमण कालमा जे गर्छ, सहमतीय राजनीतिले गर्छ। काम चलाउ संविधान त फगत् राजनीतिलाई सहजीकरण गर्ने साधन न हो। शासकहरु र तिनलाई काँध थाप्ने थरीथरीका भद्रजनहरु एकै स्वर र एकै लयमा भनिरहेछन् - विधि र नीतिमा चलेको सरकार कोही सडकमा उफ्रिँदैमा पल्टिँदैन। यस कथनले मलाई ज्ञानेन्द्रीय तानाशाहीको स्मरण गराउँछ। ती तानाशाह र मन्त्रीरुपी तिनका चम्चाहरु पनि यसै भन्थे। इतिहास भन्छ - कोही सडकमा उफ्रिँदा सरकारमात्र होइन, सत्ता पनि पल्टिन सक्छ। हामी सडकमा उफ्रिँदा हाम्रा आँखैअगाडि ज्ञानेन्द्रको सत्ता गएकै हो। सरकारका नानावली स्वरुपका प्रवक्ताहरु क्रोधाग्निले जल्दै भन्लान् - गणतन्त्र नेपालको यो वैध सरकारलाई ज्ञानेन्द्रीय तानाशाहीसँग दाँज्ने यो धृष्टता किन? कारण छ। कानुनी जोडघटाउका हिसाबले यो गणतन्त्र नेपालको वैध सरकार हो। तर, उद्भव, चरित्र र प्रवृत्तिका हिसाबले यो ज्ञानेन्द्रीय कुशासनसँग तुलनीय छ। ज्ञानेन्द्र अनिर्वाचित थिए, माधव पनि अनिर्वाचितै हुन्। माधव सरकारका पूर्व पञ्च र मण्डलेलगायत अनेक मन्त्रीहरु अनिर्वाचित हुन्। प्रधानमन्त्री र निजका मन्त्रीहरुका मुद्रा, विचार र भाषामा शाही कुशासनको झझल्को आउँछ। भोका र नांगा नागरिकहरु आफ्ना गुनासा र दाबी सुनाउन सडकमा ओर्लँदा यो सरकार तिनमाथि सेना खन्याउने प्रचारबाजी गर्छ। आखिर तानाशाह ज्ञानेन्द्रले योभन्दा बढ्ता के नै पो गरेका थिए र! माओवादी आन्दोलनले जनजीवनका अंगअंगमा पीडादायी असर पारिरहेको सत्य हो। आन्दोलन लम्बिँदा यो पीडा असह्य हुनसक्ने पनि उत्तिकै सत्य हो। यथार्थको यो एउटा पाटो हो। माउ पाटो आन्दोलनले अघि सारेको दाबी हो। सत्तासीनहरुले यस दाबीको मर्म बुझेर सहमतिको बाटो नखोले समयको गर्भबाट यस्ता झनै असह्य पीडाहरु प्रकट भइरहने छन्। भद्र नागरिक समाजका एकथरी भद्र नागरिकहरु भनिरहेछन् - आन्दोलनबाट यातायतले दुःख पायो, उद्योगले दुःख पायो, शिक्षालयले दुःख पायो, अर्थतन्त्रले दुःख पायो, बजार भाउले दुःख पायो र जनजीवन आहत भयो। तसर्थ जीवनका यी सबै अवयवहरुलाई दुःखमुक्त गर्न माओवादीले आन्दोलन फिर्ता गरोस्। यी भद्रजनहरुको यो करुणा र यो आग्रह सराहनीय छ। तर यो काम त सरकारका गृहमन्त्री रावल र सरकारका प्रवक्ता पोखरेल अहोरात्र गरिरहेकै छन्। त्यसमा भद्र नागरिकहरुको सरसघाउ किन पो चाहिँदो हो र? आखिर यस करुणाको सतहमुनि प्रवाहित अभिप्राय त माधव सरकार जारी रहोस् र राजनीतिक गतिरोध कायमै होस् भन्ने न हो! सरकारका औपचारिक प्रवक्ताहरु सरकारको प्रतिरक्षा गर्न यसै पनि सशक्त छन्। तिनलाई काँध थाप्न भद्र नागरिकले किन यत्रो दुःख गर्नुपर्दो हो र? करुणाशील मुद्रामा र रोदनको भाकामा शान्तिको माला जपेर भगवान्का कृपाले अशान्ति शान्तिमा फेरिँदैन। अशान्तिलाई शान्तिमा फेर्न अशान्तिका जरा समातेर त्यसमाथि हस्तक्षेप गर्नुपर्छ। पीडादायी आन्दोलन जतिसक्दो चाँडो फिर्ता हुनुपर्छ। यो सही कुरा हो। अशान्तिको जब्बर कारक बनेको सरकारले राजीनामा दिएर शान्तिको सहमतीय दैलो उघारिदिनुचाहिँ पर्दैन?
राजनीतिक आन्दोलन मलामीको मौन लर्को वा जन्तीको शान्तिपूर्ण यात्रा होइन। आन्दोलन मुस्कान र नाचगानबाट सुरु भए पनि अन्ततः त्यो फेरिने घर्षण र टक्करमै हो। आन्दोलन फलदायी हुने पनि ठीक्कको घर्षण र टक्करको आवेग र दबाबले हो। तर, घर्षण र टक्करले पाँचौँ दिनमै विकराल रुप लिन लागेको आभास हुँदैछ। सरकारी दलहरुका युवा जत्था देखिने र चिनिने गरी आन्दोलनको प्रतिकारमा उत्रिएका छन्। युथ फोर्स, तरुण दल र गच्छदार जत्था तिनका नेताहरुका इशारा पाएरै भिडन्तमा ओर्लिएका होलान्। अब आन्दोलनरत माओवादीले पनि आइलाग्नेमाथि जाइलाग्ने बाटो रोज्ला। अनि हुने के हो? हिंसा र युद्ध अनि भयावह विनाश? हिंसाको यात्रामा तिमी आफूचाहिँ कसरी सुरक्षित रहौला र काजी? अहिल्यै असुरक्षाको डरले प्रधानमन्त्री बालुवाटारमै कैदी भएका छन्। गठबन्धनका जण्ड निर्देशक र निर्देशन आयातकर्ता केपी ओली मुन्टो लुकाउने ठाउँ खोज्ने मेसोमा मन्त्री क्वार्टर हुँदै बालुवाटार छिरेका छन्। हिंसाको चक्र फैलिँदै जाँदा टाउको लुकाउने ठाउँ कहाँ बाँकी रहन्छ? तसर्थ, यो शान्तिकामी नागरिक निवेदन गर्छ - यो कुरुप हिंसा रोक। माधव सरकार राजीनामा देऊ, माओवादी घर फर्क। सहमतीय विधिबाट सबै राजनीतिक समस्याहरु फर्स्योट गर। अन्यथा नरकसिवाय जाने ठाउँ कहीँ हुनेछैन।