इपोमा वीरहरुको सम्झना कार्यक्रम सम्पन्न
पेराक इपो । प्रत्येक बर्ष जुन १२ तारिख झै यस बर्ष पनि यहाँस्यित पेराक इपोस्थित पुरानो बि्रटीस क्याप्मा प्रथम र दोस्रो विश्व युद्धमा मृत्यु भएका वीर योद्धाहरुको सम्झना स्वरुप एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यहाँस्थित नेपाली राजदूत डा. ऋषिराज अधिकारीले बीर नेपालीहरुले विभिन्न मुलुकको बचाउ अभियानमा आफ्नो ज्यानको बाजी थापेको र थाप्दै आएको बताउनुभयो । मलेसियाको पछिल्लो युद्धलाई स्मरण गराउदै उहाँले नेपालीहरुले बहादुरीताका साथ आफ्नो स्वाभीमान नगुमाउने भएर नै आज वीर नेपालीहरुको उच्च कदर रहेको बताउदै दोस्रो विश्व युद्धबाट इण्डोनेशियाबाट मलेसियालाई बचाउदै भिक्टोरीयक्रस उपाधी पाएका रामबहादुर लिम्बूको उदाहरण दिनुभयो । लिम्बू हाल झापा दमकमा बसोबास गर्दै आउनुभएको छ ।
बिजयको थुप्रै उपाधीहरु वीर नेपालीहरुको हातमा रहेको पनि उहाँले बताउनुभयो । नेपालीहरु कहीले नथाक्ने र गोली बम बारुद सकिए पनि एउटा खुकुरीले विजय प्राप्त गर्ने गरेकोले थुपै खुकुरीले विश्व जितेको धारणा व्याक्त गर्नुभयो । ति विभिन्न विजयको उपाधी र विजयलाई जिवीत राख्न अझ पनि वीर नेपालीहरु कि्रयाशिर रहेकोले पुस्तौ सम्म यसको संरक्षण गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा बि्रटीस सेनाका कमिसार अष्ट्रेलीयाका हाई कमिसार नेपाली गोर्खा सँघ मलेसियाका सल्लाहकार गणेश बहादुर गुरुङ लगायतले वीर नेपालीहरुलाई कदर गर्दै स्यालुट गर्नु पर्ने बताउनुभयो । सो समारोहमा नेपाल पत्रकार महासँघ मलेसिया शाखाका कार्यवहाक अध्यक्ष विनो लामा कोषाध्यक्ष रुसाहाङ चेम्जोङ सदस्य सुन्दर आले एनआरएन मलेसयाका अध्यक्ष शंकर पौडेल केन्द्रिय सदस्य भिम शेरचन सदस्य भवानि शंकर तिवारी लगायत नेपाली राजदूतावासका काउनसिलर लेखनाथ भट्टराई श्रमसहचारी सूर्य भण्डारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा ब्रुनाई रोयल २ जियर दोस्रो बटालीयन मा बि्रटीस सेनामा कार्यरत नेपालीहरुले बि्रटीस धुन बजाएर बीरहरुको स्मरण गरेका थिए भने भवानी शंकर तिवारीले हिन्दू गन्थ्रबा उनीहरुको सम्झना गरेका थिए । त्यसतै खि्रश्चन समुदायले पनि आफ्नो संस्कारद्धारा वीरहरुको सम्झना गरेका थिए ।
मगरको छुरा प्रहारबाट दर्जी ठाउँको ठाउँ ठहरै
क्वालालम्पुर । आफ्नै साथीको छुरा प्रहारबाट तिनाङ पाचमी गाविस ताप्लेजुङ निवासी ३० बर्षिय चन्द्र बहादुर दर्जीको शनिबार राती ११ बजे मृत्यु भएको छ । स्थानीय मलेसियानहरुसँग झगडा गरी होस्टल फकिएका मानेभाज्याङ २ ओखलढुङगा निवासी सर्किमान मगरको छुरा प्रहारले दर्जीको मृत्यु भएको हो । सार्किमान स्थानीय मलेसियानहरुसँग झगडा गरेको र होस्टलमा फर्किएपछि होस्टलमा रहेका अन्य साथीहरुलाई सहयोग माग्दै फेरि झगडा गर्न जाऊ भन्दा साथीहरुले सम्झाउन खोज्दा मगरले दर्जीमाथि छुरा प्रहार गरेका हुन । घटना पश्चात स्थानीय प्रहरीले मगरलाई नियान्त्रणमा दिएको छ । मृतकको शबलाई केलाङको आस्पतालमा राखिएको छ । मृतक केलाङको गोल्ड क्वाइन कम्पनीमा कार्यरत थिए । मृतक दर्जीको परिवारमा श्रीमती र तीन छोरा रहेको पोर्ट-केलाङबाट पत्रकार केशब दाहालले जनाएको छ ।
रन बहादुर लक्समको प्रहरी थानामा मृत्यु
क्वालालम्पुर । रोजगारको शिलशिलामा झण्डै ९ बर्ष अगाडि मलेसिया प्रवेश गरेका रन बहादुर लिम्बूको गत ७ जुन का दिन मृत्यु भएको छ । अवैधानिक रुपमा कार्यरत लिम्बूलाई काम सकेर होस्टेलमा बसीरहेको अवस्थामा गत दुई जुनका दिन प्रहरीले पक्राउ गरेको थियो । केपोङ जिन्ज्याङस्थित एक पासारमा कार्यरत लिम्बूको प्रहरी कारवाहीमा मृत्यु भएको हुनसक्ने अनुमान गरीए पनि यहाँ कुनै तथ्य प्रमाण फेला परेको छैन ।
जिन्ज्याङ प्रहरी थानाबाट क्वालालम्पुरस्थित चेसार प्रहरी थानामा राखेको अवस्थामा उनको मृत्यु भएको हो ।
लिम्बूलाई प्रहरीले पक्राउ गरेको कुरा नजिकै काम गर्ने साथीहरुले भोली पल्ट बिहान मात्र थाहा पाएको कुरा बताए । उनी बस्ने नजिकै घरका मान्छेहरुको अनुसार उनलाई सिविलमा आएका ५ जना प्रहरीले पक्राउ गरेको थियो । लिम्बुलाई नजिकै रहेको प्रहरी थानामा खोज्न जादा बाहिर ट्रान्सफर गरेको कुरा प्रहरीले बताएका थिए । तर ७ तारिख दिउँसो साढे चार बजे नजिकै काम गर्ने भक्त नेम्बाङलाई प्रहरीले फोन गरी मृत्यु भएको खबर सुनाएको नेम्बाङले बताए । बिहान ५ः१७ बजे उनको मृत्यु भएको कुरा रिपोर्टमा उल्लेख रहेको छ । रिपोर्टको अनुसार उनले धेरै लागुपदार्थ सेवन गरेको गरेको थियो । तर यहाँ आफ्न्तहरुले भने प्रहरी कारवाहीमा मृत्यु हुन सक्ने आशंका गरेका छन् । लिम्बू सँगै काम गर्ने एक बंगाली सँग दिउँसो सँगै रक्सी पिएका थिए । उनको पक्राउ हुनु भन्दा दुई÷तीन घण्टा अगाडि उनीहरु दुईबीच झगडा परेकोले बंगालीले प्रहरी बोलाई पक्राएको हुन सक्ने आशंका पनि उनका साथीहरुले गरेका छन् ।
बास्कोटाले गरे चर्पीमा आत्महत्या
क्वालालम्पुर । झापाका २२ वर्षीय दिपेन बास्कोटाले चर्पी भित्र झुन्डीएर आत्माहत्या गरेका छन् । बुधबारे ३ झापाबाट तीनमहिना अघि ईपो स्थीत एक कम्पनीमा काम गर्ने आएका दिपेन उनकै शब्दमा कम्पनीमा काम र दाम दुबै सन्तोषजनक नभए पछि मलेसिया प्रवेश गरेको एक महिनामै अबैधानीक बनेका थिए ।
अबैधानीक भए पछि कामको खोजिमा सेरडाङ आई सेक्युरेटी फोस्रमा काम गर्दै आएका बास्कोटालाई साथीहरुले ट्राभल डक्युमेन्ट यात्रा अनुमती पत्र लिएर नेपाल फर्काउने तयारी गरिरहेका बेला उन्ले झुन्डिएर आत्माहत्या गरेका हुन । साथहिरुले यहि १६ तारिख बुधवारको टिकट समेत पक्का गरिदिएका थिए । सबै साथीहरु कम्पनीमा काम गर्ने गकोले ११ तारिख शुक्रबार दिउँसोको खाना दिपेनले नै पकाएका थिए १२ बजे कम्पनीबाट साथीहरु आए पछि संगै बसेर खाना खाएका दिपेन सबै साथीहरु काममा गए पछि चर्पीमा गएर झुन्डिएर आत्माहत्या गरेका हुन । बास्कोटा अबैधानिक तरवरबाट बसोबास गर्दै आएकाले उनको पोष्टमाडम र उनको सब नेपाल पठाउनमा केही असजीलो भएको र त्यहाँ कार्यरत नेपालीहरुलाई समेत असजिलो भएको कुरा उनी सँगै बस्ने दाङ निवासी चुमान सिङ केसीले बताए । टिष्टा कांगडा
एमालेको प्रवास कमिटि प्रनेम.संघ मलेसियाको साधारण सभा सम्पन्न
यहि मे २ तारिख आइतबारका दिन नेकपा एमाले प्रवास कमिटि मलेसियाले साधारण सभा सम्पन्न गरेको छ । विगत १ वर्ष अगाडी मलेसिया व्यापी रुपमा गरियको कार्यक्रम प्रवासी मजदुरका लागि जनचेतना मुलक अभियान संचालन लगत्तै गठन भयको प्रवासी नेपाली मजदुर संघ मलेसियाले प्रवासमा मात्र नभयर स्वदेशमा रहेका मजदुर हरुको समस्या र हक अधिकार का लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुर स्थित युनिक एक्स चेन्ज रेमिट माथि रहेको एन आर एन मलेसियाको हल मा सम्पन्न भयको हो अमर ओली "श्रमजीवी" को अध्यक्षता मा सम्पन्न भेलाका प्रमुख अतिथि जिफन्ट सपोर्ट ग्रुप मलेसिया का सल्लाहकार दुर्गा शाही र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ शाखा मलेसियाका सभापति विपिन राइले गर्नु भयको थियो ।
त्यसैगरी अन्य अतिथिहरुमा नेपाल मलाया खबर डट कम तथा नेपाली खबर साप्ताहिकका सम्पादक रुसाहाङ चेम्जोङ, हाम्रो आवाज साप्ताहिक सम्पादक विनो लामा श्रमिक कलाकार मंच मलेसियाका रमेश मल्ल हुनु हुन्थ्यो। ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौनधारण बाट अगाडी बढेको कार्यक्रम संचालन कमल कृष्ण पौडेल ले गर्नु भयको थियो। भने स्वागत मन्तव्य प्रकाश खनाल र शुभकामना मन्तव्य विनु लामाले दिनु भएको थियो। त्यसैगरी मन्तव्य दिने क्रममा विशिष्ट अतिथि पत्रकार महासंघ शाखा मलेसियाका अध्यक्ष विपिन राइ ले प्रवासी नेपाली मजदुर संघ मलेसियाले प्रवासी मजदुरका लागि गरेका कामहरु जायज छन् र आगामी दिनहरुमा मजदुरहरुका समस्या र हक अधिकारका लागि निरन्तर आवाज उठाइरहोस् भन्नु भएको थियो भने प्रमुख अतिथि जिफन्ट मलेसियाका सल्लाहकार दुर्गा शाही ले मलेसिया प्रवासमा रहेका सम्पूर्ण राजनीतिक तथा सामाजिक संघ संस्थाहरु मिलेर मजदुर हरुका समस्याहरु हल गर्न लागिपर्नु पर्ने तथा एमाले प्रवास कमिटि प्र.ने.म.संघ मलेसिया ले प्रवासी मजदुर हरुको हक अधिकारका लागि विगत एक वर्ष देखि गर्दै आएको कार्यक्रम हरु एकदमै उच्च र स्राहनिय छन् भन्नु भयो ।
त्यसैगरी अध्यक्ष को आसन बाट बोल्दै अमर ओली श्रमजीवी ले विगत लामो समयको संघर्ष र प्रवासी मजदुरहरुले दिनु भयको साथ सहयोग समर्थन बाट प्र.ने.म.संघ आज हामीहरुको माझ जीवित रहेको उल्लेख गर्दै नेकपा एमाले पार्टी ले देशमा एक हद सम्म को शान्ति स्थापना र माओवादीहरुलाई जंगल बाट सत्ता मा ल्याउन एमालेले खेलेको भूमिका कै कारण लोकतान्त्रिक गणतन्त्र आएको र आज नेपालराष्ट्र हाम्रो सामू रहेको स्मरण गर्दै ठुला दलहरु बाट संविधान लेखनमा भन्दापनि सत्ता लिप्सा,कुर्सिमोह र माओवादीहरुका हिंसात्मक आन्दोलन जस्ता कार्यक्रमले नया संविधान लेखन संकटमा परेको ठहर गर्नु भयो भने पहिलो सत्रको कार्यक्रम को समापन र दोस्रो चरणको कार्यक्रम सुरुवात संगै संगठन को राजनीतिक तथा संगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो ।
संगठन को आवश्यकता र महत्वको बारेमा जानकारी पश्चात नया कार्यसमिति चयन गरियको थियो नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारी हरुमा क्रमश: अध्यक्ष अमर ओली "श्रमजीवी", उपाध्यक्ष कमल कृष्ण पौडेल ,प्रकाश खनाल, सचिव बिर विक्रम सुनार, कोषाध्यक्ष तोमानन्द खत्री, सदस्यहरुमा अशोक थापा, अर्जुन घिमिरे, राजेन्द्र बहादुर चालिसे, जीवस यादव, लक्ष्मन पोखरेल, धन बहादुर साउद हुनु हुन्छ भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार सागर, सल्लाहकार टेक बहादुर खड्का, चित्र बहादुर जी.यम रहनु भयको छ।
त्यसैगरी संगठनको नियमित बैठक सोहि दिन बसी आर्थिक सांगठनिक र राजनीतिक, विषयमा छलफल गरि विधान मस्यौदा समिति निर्माण गरेको छ र आगामी १ वर्ष भित्र मा अधिवेशन गर्ने निर्णय गरेको छ भने मलेसियाको प्रमुख शहरहरु जोहोर, पेनाङ, इपो लगायत विभिन्न स्थानहरुमा क्षेत्रीय तथा इकाई कमिटिहरु विस्तारगर्दै लैजाने निर्णय गरेको छ । कार्यक्रमको अन्तमा एमाले पार्टी कार्यालयमा फोन सम्पर्क गरि नयाँ कार्यसमिति बारे जानकारी गराइयको थियो टेलिफोन मार्फत नेपालबाट नेकपा एमाले पार्टीको तर्फबाट अमृत कुमार बोहरा ले कार्यक्रमको पूर्ण सफलताको कामना सहित नयाँ कमिटिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी हरुलाई शुभकामना व्यक्त गर्नु भयको थियो ।