Sunday, May 9, 2010

प्रेसमाथि आक्रमणको भत्र्सना्

मानव अधिकारवादी विभिन्न संघसंस्थाले माओवादी कार्यकर्ताले सञ्चारकर्मीमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । सिंहदरबार घेराउका क्रममा आइतबार कुटपिट गरेकामा उनीहरूले विज्ञप्तिमार्फत निन्दा गरेका हुन् ।
माओवादी कार्यकर्ताले एभिन्युज टेलिभिजनका क्यामरामेन रवीन्द्र श्रेष्ठ र पत्रकार श्रुति निरौला, अन्नपूर्ण पोस्टका फोटो पत्रकार राजेन्द्र मानन्धर र एसोसिएट न्युज एजेन्सी -एएनए) का फोटो पत्रकार प्रवीण महर्जनलाई कुटपिट गरेका थिए ।
सञ्चारकर्मीमाथिको सुनियोजित आक्रमण स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने प्रेस जगतको वैधानिक अधिकारविपरीत भएको नेपाल मानव अधिकार संगठनले ठहर गरेको छ । संगठनले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, विस्तृत शान्ति सम्झौता एवं अन्तरिम संविधानको पूर्ण पालना गर्न सरोकारवालाहरूसँग आग्रह गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।
त्यसैगरी नेपाली छापा माध्यम र राष्ट्रिय सञ्जालले सिंहदरबार घेराउमा आन्दोलनकारीले सञ्चारकर्मीलाई निसाना बनाई निर्ममतापूर्वक आक्रमण गरिएकोप्रति खेद व्यक्त गरेको छ । स्वतन्त्रतापूर्वक समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएको दुव्र्यवहार र क्यामेरा तोडफोड गर्ने व्यक्तिलाई कारबाही गर्न र घाइतेको उपचार गर्न सञ्जालले माग गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मी, नागरिक समाजका अगुवा र काठमाडौंवासीलाई धम्कीको भाषामा एक-एक हिसाबकिताब राखेका छौं भनी चेतावनी दिइनु अशोभनीय भएको सञ्जालले ठहर गरेको छ ।
हिमालय हुमेन राइट मोनिटर्स -हिमराइट्स) ले सञ्च्ाारकर्मीमाथिको आक्रमणको निन्दा गर्दै शान्तिपूर्ण भेला हुने तथा विरोध गर्न पाउने अधिकारको सम्मान गर्न र प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ । हिमराइट्सका अनुसार हडतालकारीले भिजिलान्तेको आरोपमा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका रामलाल गदाल तथा पार्किङमा कार्यरत विष्णु कार्कीलाई समेत आक्रमण गरेका थिए ।
नेपाल प्रेस युनियन, मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, निजामती कर्मचारी संगठन, फोटो पत्रकार महासंघ नेपाल, मानव अधिकार पत्रकार संघद्वारा सोमबारै विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् ।

No comments:

Post a Comment