Tuesday, June 22, 2010

हल्लै हल्लाको भरमा मध्यपश्चिम बन्द

काठमाडौँ, असार- माओवादी र एमाले तीन बुँदे सहमति कार्यान्वयनमा सकारात्मक भएका छन्। प्रधानमन्त्रीको राजिनामा नआउँदासम्म कुनै पनि छलफल नगर्ने माओवादीको अडानमा एमाले नेतृत्व सकारात्मक देखिएपछि दुई दलका शीर्ष नेता तीनबुँदे सहमति कार्यान्वयनमा सकारात्मक भएका हुन्।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँ बजारमा मङ्गलबार भएको छलफलमा सहमतिको सरकार निर्माण, संविधान लेखन र अन्य विषयमा समेत छलफल भएको बताइएको छ।
छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले दुई दलबीचको वार्ता सकारात्मकरूपमा अगाडि बढेकोले तीनबुँदे सहमति कार्यान्वयनमा सहजता आएको जानकारी सञ्चारकर्मीलाई दिए।
एमाओवादी सचिव पोस्टबहादुर बोगटीले प्रधानमन्त्रीको राजीनामा नआउँदासम्म कुनै पनि छलफल नगर्ने एमाओवादीको अडानप्रति एमाले नेतृत्व गम्भीर रहेकाले सहमति कार्यान्वयनमा आशा पलाएको बताए।
छलफलमा एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा एमालेका अध्यक्ष झलनाथ खनाल, नेता भरतमोहन अधिकारीलगायतका शीर्ष नेताहरूको सहभागिता थियो।
यसअघि सोमबार एमाओवादी र नेपाली कङ्ग्रेसबीच भएको छलफलमा प्रधान मन्त्रीको राजिनामा नआउँदासम्म कुनै पनि छलफल नगर्ने अडान एमाओवादीले राखेपछि बिनानिष्कर्ष टुङ्गिएको थियो।
-रासस

No comments:

Post a Comment